निर्वाचन बहिष्कार गरेको नेकपा बहुमतको आज बन्द, तर छैन सडकमा प्रभाव

हिमाल प्रेस ५ फागुन २०८२ ९:२७ | Tuesday, February 17, 2026
10
SHARES
निर्वाचन बहिष्कार गरेको नेकपा बहुमतको आज बन्द, तर छैन सडकमा प्रभाव

काठमाडौँ- निर्वाचन बहिष्कार गरेको धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतले आज नेपाल बन्दको घोषणा गरेको छ। तर बन्दको प्रभाव कतै परेको छैन।

पार्टीले जारी गरेको विज्ञप्तिमा सर्वपक्षीय सरकार गठनको मागसहित नेपाल बन्दको घोषणा गरिएको छ। पार्टीले नेपाल बन्द गर्नुको अन्य कारणहरुमा जनसंविधान निर्माण, भ्रष्टाचार र कालोबजारी अन्त्य, युवाहरुलाई स्वदेशमै रोकेर रोजगारीको सिर्जना, भूमिहीनहरुलाई जमीनको व्यवस्था, शिक्षा, स्वास्थ्य र यातायात निशुल्क गर्नलगायतका कारण नेपाल बन्दको घोषणा गरिएको पार्टीले जनाएको छ। बन्दको प्रभाव सामान्य देखिएको छ। यो सूचनापछि गाडीहरु सामान्य रुपमा चलिरहेका छन्।

यसैबीच मकवानपुर र झापामा बिहानै शंकास्पद बस्तु भेटिएका छन्। तर, सेनाले परीक्षण गरेपछि कुनै पनि विष्फोटक पदार्थ भने भेटिएन।

प्रकाशित: ५ फागुन २०८२ ९:२७ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast