काठमाडौँ- आईसीसी टी–२० विश्वकपमा अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको खेलमा सुपर ओभरबाट निर्णय आएको छ। दुवै टोलीबीच बुधबार अडहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा दोस्रो सुपर ओभरबाट निर्णय आएको हो।
पहिलो सुपर ओभरमा पनि बराबरीमा टुंगिएपछि दोस्रो सुपर ओभर भएको हो।
पहिलो सुपर ओभरमा पहिले ब्याटिङ गर्दै अफगानिस्तानले १७ बनाएको थियो। त्यसपछि ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले पनि १७ रन नै बनायो।
त्यसपछि दोस्रो सुपर ओभर खेलाइएको थियो। दोस्रो सुपर ओभरमा भने दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि हावी भयो।
दोस्रो सुपर ओभरमा ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले २३ रन बनायो। जवाफमा ब्याटिङ गर्न आएको अफगानिस्तानले ६ बलमा केवल १९ रनमात्र बनाउनसक्यो।
दक्षिण अफ्रिकाका तर्फबाट ट्रिस्टन स्टब्स र डेभिड मिलर ब्याटिङका लागि उत्रिएका थिए। मिलरले दुई छक्काको मद्तले १६ रन बनाए भने स्टब्सले १७ रन जोडे। २३ रनको लक्ष्य पछ्याउन उत्रिएका अफगानिस्तानका रहमनुल्लाह गुरबाज र अजमतुल्लाह ओमरजाइ १९ रनमै सीमित भए।
यसअघि खेलमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १८७ रन बनाएको थियो। जवाफमा अफगानिस्तानको पूरा टोली २० ओभर सकिन दुई बल बाँकी छँदै ठीक १८७ रनमै अलआउट भयो।
यसपछि खेल सुपर ओभरमा पुगेको थियो।



