प्रचण्डलाई छेपारे प्रवृत्ति आरोप लगाउँदै वाईसीएलका केन्द्रीय सदस्य एमालेमा

हिमाल प्रेस २८ माघ २०८२ ६:४४ | Wednesday, February 11, 2026
प्रचण्डलाई छेपारे प्रवृत्ति आरोप लगाउँदै वाईसीएलका केन्द्रीय सदस्य एमालेमा

दाङ- दाङ क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेरदवार भरत दर्नाल एमालेमा प्रवेश गरेका छन् । उनले देशको एमालेले जिते मात्रै हुने भन्दै आफ्नो उमेद्वारी फिर्ता लिएर एमालेमा प्रवेश गरेको उनले बताए ।

उनीसँगै नेकपाको युवा संगठन वाईसीएलका केन्द्रीय सदस्य लिला विक पनि एमालेमा प्रवेश गरेका छन्। प्रचण्डको छेपारे प्रवृत्तिले कम्युनिष्ट आन्दोलन नहुने भएकाले आफू एमालेमा प्रवेश गरेको उनले बताए।

उनीहरूलाई एमालेका महासचिव शंकर पोखरेलले आज तुलसीपुरमा पार्टी प्रवेश गराएका हुन् ।

प्रकाशित: २८ माघ २०८२ ६:४४ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast