भीड जम्मा भएपछि प्रशासनले रविलाई भन्यो : आचारसंहिता विपरीतका गतिविधि नगर्नू

हिमाल प्रेस २७ माघ २०८२ ९:०९ | Tuesday, February 10, 2026
10
SHARES
भीड जम्मा भएपछि प्रशासनले रविलाई भन्यो : आचारसंहिता विपरीतका गतिविधि नगर्नू

काठमाडौँ- नवलपरासी जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आचारसंहिता विपरीतका गतिविधि नगर्न सतर्क गराएको छ। जिल्ला प्रशासन नवलपरासीले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी सभापति रवि लामिछानेको मंगलबारको कार्यक्रमप्रति ध्यानाकर्षण भएको बताएको हो।

‘प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता, २०८२ लागु भई परिपालना सम्बन्धमा मिति २०८२ साल माघ १४ गते सूचना समेत जारी भएको व्यहोरा विदित्तै छ। उपर्युक्त सम्बन्धमा माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत् भनेको छ।

रास्वपाका अनुसार सभापति लामिछाने नवलपरासीका दुई निर्वाचन क्षेत्र जाने कार्यक्रम छ। त्यहाँ उम्मेदवार र पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरेर फर्कने कार्यक्रम तय गरिएको रास्वपाले बताएको हो।

प्रकाशित: २७ माघ २०८२ ९:०९ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast