काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुरको लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ।
कर्मचारी सञ्चय कोषका सहप्रशासक जीवनकुमार कटवालले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन्।
योसँगै बैंकका एक्सटेन्सन काउन्टरको संख्या ११ पुगेको छ। एक्सटेन्सन काउन्टबाट ग्राहकले खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, रेमिट्यान्सलगायतको सुविधा पाउनेछन्।
प्रकाशित: १० माघ २०७९ १३:२२ | Tuesday, January 24, 2023
प्रतिक्रिया



