खोक्न त जति पनि पाइयो तर यो चुनावको परिणाम अनुमानभन्दा फरक आउन सक्छ : गोकुल बाँस्कोटा

हिमाल प्रेस २६ माघ २०८२ ८:३० | Monday, February 9, 2026
खोक्न त जति पनि पाइयो तर यो चुनावको परिणाम अनुमानभन्दा फरक आउन सक्छ : गोकुल बाँस्कोटा

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले यसपटकको चुनावको मतपरिणाम अनुमान र दलको दाबीभन्दा भिन्न आउन सक्ने बताएका छन्। उनले सामाजिक सन्जालमार्फत दलहरूलाई ‘खोक्न त जति पनि पाइयो’ भन्दै परम्परागत अनुमानभन्दा भिन्न आउन सक्ने बताएका छन्।  उनले जापानको चुनावको विषय उठाउन गर्दै त्यहाँ जापानी प्रधानमन्त्री ताकाइचीको जस्तो ४४५ सिटमा ३१० कसले जित्ला भन्दै प्रश्न गरेका छन्।

‘४५ मा ३१० सिटको पहिरो चलाउने जित निकाल्लान त?’ बाँस्कोटाले भनेका छन्। उनले नेपालमा चुनावअघि नै ५ प्रधानमन्त्रीका दाबेदार भएको समेत बताएका छन्। आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिनुअघि नै दलहरूले भाबी प्रधानमन्त्रीका रूपमा नेताहरूलाई अघि सारेका छन्।

कांग्रेसले सभापति गगन थापा, एमालेले अध्यक्ष केपी शर्मा ओली, रास्वपाले बालेन शाह, संस्कृति पार्टीले हर्क साम्पाङ र राप्रपाले राजेन्द्र लिङ्देनलाई भाबी प्रधानमन्त्री भनेको छ।

प्रकाशित: २६ माघ २०८२ ८:३० | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast