उम्मेदवारलाई अभिनेता दयाहाङको प्रश्न : मेरो भोट माग्ने तपाईंसँग आधार के छ?

हिमाल प्रेस २१ माघ २०८२ १५:२२ | Wednesday, February 4, 2026
14
SHARES
उम्मेदवारलाई अभिनेता दयाहाङको प्रश्न : मेरो भोट माग्ने तपाईंसँग आधार के छ?

काठमाडौँ- अहिले देशभर चुनावको माहोल छ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचन आम जनताको चासोको विषय बनेको छ।

देशभरका उम्मेदवारहरू आ-आफ्नो क्षेत्रमा पुगेर मतदातासँग साक्षातकार गरिरहेका छन्। जनतासमक्ष आफूलाई जिताउन पहल पनि गरिरहेका छन्।

घोषणापत्रमा वाहवाहीको विषय हुने तर चुनाव जितेपछि देखा नपर्ने उम्मेदवारको व्यावहार देखेर हैरानी खेपिरहेका जनता यसपटक भने आफ्नो मताधिकारको आधार खोजिरहेका छन्।

यसैबीच चर्चित अभिनेता दयाहाङ राईले पनि फेसबुकमार्फत उम्मेदवारलाई आफ्नो भोट माग्ने आधार प्रस्ट्याउन भनेका छन्।

उनले प्रश्न गर्दै लेखेका छन्, ‘मसँग एक भोट छ। यो भोट माग्ने तपाईंसँग आधार के छ?’

देशमा चुनाव आइरहेको भन्दै उनले आफ्नो मताधिकारको आधार खोजेका छन्।  उनका प्रशंसकहरूले कमेन्टमार्फत सहमति जनाइरहेका छन्। राई अहिलेका व्यस्त अभिनेता हुन्।

प्रकाशित: २१ माघ २०८२ १५:२२ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast