संसद् पुनःस्थापना गलत, गठबन्धन गरे पनि जित्न असम्भव : गोकुल बाँस्कोटा

हिमाल प्रेस २१ माघ २०८२ ८:५९ | Wednesday, February 4, 2026
8
SHARES
संसद् पुनःस्थापना गलत, गठबन्धन गरे पनि जित्न असम्भव : गोकुल बाँस्कोटा निवर्तमान प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटा

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले संसद् पुनस्स्थापनाको सम्भावना नरहेको बताएका छन्। उनले अब संसद् पुनःस्थापना गर्नु गलत हुने बताएका छन्।

‘सर्वोच्चले संसद् पुनःस्थापनाको आशामा हिउँ वर्षाएछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब अन्टसन्ट नसोचि जनमत बटुल्न बाटो तताए हुन्छ, जसलाई जित्नु छ।’ बाँस्कोटाले भनेका छन्। उनले गठबन्धनतिर नलाग्ने सुझाव पनि दिएका छन्। ‘फेरि चुनावमा गठबन्धन नेताको, मनबन्धन जनताको हुन्छ। गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ। अन्तिममा म्याच फिक्सिङको मौका भने छँदैछ।’ बाँस्कोटाले लेखेका छन्।

प्रकाशित: २१ माघ २०८२ ८:५९ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast