नेकपाका दुई नेताले छाडे नेकपा, जनार्दनको पार्टीमा भित्रिने

हिमाल प्रेस २१ माघ २०८२ ६:४० | Wednesday, February 4, 2026
8
SHARES
नेकपाका दुई नेताले छाडे नेकपा, जनार्दनको पार्टीमा भित्रिने

काठमाडौँ- लुम्बिनी प्रदेशका दुई नेताले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सल्लाहकार परिषद् सदस्य कमल खड्का र जिल्ला समन्वय समिति सदस्य एवं प्रदेश परिषद् सदस्य जया खड्काले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालको साथ छाडेका हुन् ।

नेकपा परित्याग गरेका उनीहरू जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा आबद्ध भएका छन्। ‘हामीले दुवै पार्टीभित्र लामो समय जिल्ला देखि केन्द्रिय भूमिकामा रहेर काम गर्‍यौँ । तर समयक्रममा पार्टी चाकरीतन्त्र, कमिसनखोरी र भ्रष्टाचारमा डुब्दै गएको, सीमान्तकृत र सर्वहारा वर्गबाट टाढिँदै गएको र जनताको जीवनमा कुनै वास्तविक परिवर्तन नभई मात्र राजनीतिक विकृति मौलाउँदै गएको स्पष्ट देखियो,विज्ञप्तिमा भनिएको छ, पार्टीभित्र सुधार सम्भव नभएपछि हामीले वैकल्पिक, जनमुखी र जवाफदेही राजनीतिक धार रोजेका हौं।’

प्रलोपा आजको नेपालको वास्तविक वैकल्पिक शक्ति भएको उनीहरुले बताए । प्रलोपामा पारदर्शिता, युवा नेतृत्व, सुशासन र भ्रष्टाचारविरोधी राजनीतिक संकल्प केन्द्रमा रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रलोपा पुरानो राजनीतिक संस्कृतिको निरन्तरता नभई त्यसको विकल्प र चुनौती भएको समेत विज्ञप्तिमा उल्लेख छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण सचेत नागरिक, युवा, महिला र परिवर्तन चाहने जनसमुदायसँग भ्रष्टाचार, कुशासन र पुरानो राजनीतिक कुसंस्कारविरुद्ध चुनाव चिह्न आँखामा मत प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रकाशित: २१ माघ २०८२ ६:४० | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast