आयोगले छाप्यो ३० जिल्लाको ३९ लाख ९८ हजार मतपत्र

हिमाल प्रेस २० माघ २०८२ ६:४७ | Tuesday, February 3, 2026
8
SHARES
आयोगले छाप्यो ३० जिल्लाको ३९ लाख ९८ हजार मतपत्र

काठमाडौँ- फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ भएको छ।

निर्वाचन आयोगका अनुसार ३० जिल्लाको मतपत्र छपाइको काम सकिएको छ।

आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ।

मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

प्रकाशित: २० माघ २०८२ ६:४७ | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast