समानुपातिकको बन्दसूचीबाट हटाइयो ७६ जनाको नाम (सूचीसहित)

हिमाल प्रेस १९ माघ २०८२ २०:०४ | Monday, February 2, 2026
62
SHARES
समानुपातिकको बन्दसूचीबाट हटाइयो ७६ जनाको नाम (सूचीसहित)

काठमाडौँ- निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट ७६ जनाको नाम हटाएको छ। उजुरी, कानुनबमोजिमको योग्यता नपुगेका, आयोगबाट भएका निर्णय र राजनीतिक दलबाट प्राप्त जानकारीका आधारमा उनीहरूको नाम हटाइएको हो।

यसरी नाम हटाइएका मध्ये २१ जना कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकाहरू छन्। त्यस्तै प्रदेशसभा सदस्यको समानुपातिक बन्दसूचीमा रहेका २५, आयोगबाट तोकिएको जरिबाना भुक्तान नगरेका १०, २५ वर्ष उमेर पूरा नभएका ४, मतदाता नामावलीमा नाम नभएका १, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २, महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरुष उम्मेदवार पेस भएको १, नाम हटाउन सम्बन्धित राजनीतिक दलबाट लेखिएका आएका १० र यीमध्ये बढी कारण भएका दुई जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ।

हेर्नुहोस् सूची

प्रकाशित: १९ माघ २०८२ २०:०४ | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast