तीन फर्मलाई ३० हजार जरिवाना

हिमाल प्रेस १९ माघ २०८२ ७:०१ | Monday, February 2, 2026
6
SHARES
तीन फर्मलाई ३० हजार जरिवाना

काठमाडौँ- नियमित बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई जरिवाना गरेको छ। अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले पोखरेल ट्रेडर्सलाई १५ हजार, सुलभ किराना एण्ड खाद्य सप्लायर्सलाई १० हजार र शितल खाद्यान्न स्टोर ललितपुरलाई पाँच हजार जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को ‘फा’ १५ बमोजिम कार्य नगरेकाले ती फर्मलाई कारबाही स्वरूप जरिवाना गराइएको विभागले जनाएको छ।

चिया कटेरो प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले अन्य १० वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ।

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसमेतको उपस्थितिमा विभागले बजारलाई व्यवस्थित बनाउन र कानुन कार्यान्वयन गराउन नियमित बजार अनुगमन गर्दै आएको छ। रासस

प्रकाशित: १९ माघ २०८२ ७:०१ | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast