टिभिएस ‘सुनको सगुन’ योजना सर्वाजनिक

हिमाल प्रेस १८ माघ २०८२ १९:४३ | Sunday, February 1, 2026
2
SHARE
टिभिएस ‘सुनको सगुन’ योजना सर्वाजनिक

काठमाडौँ- नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष, विवाह र चाडपर्वको अवसर पारेर ग्राहक योजना ‘टिभिएससँग सुनको सगुन’ सार्वजनिक गरेको छ।

जगदम्बा मोटर्सले विश्व बजारमा बढ्दो सुनको मूल्य र नेपाली समाजमा यसको सांस्कृतिक महत्वलाई दृष्टिगत गरी यो योजना ल्याएको हो। यो योजनामार्फत ग्राहकले टिभिएसका सवारी खरिद गर्दा केवल साधनमात्र नभई दीर्घकालीन मूल्य र भरोसा प्राप्त गर्ने कम्पनीले विश्वास लिएको छ।

यस ४५ दिने विशेष योजनाअन्तर्गत ग्राहकले टिभिएसका कुनै पनि बाइक वा स्कुटर खरिद गर्दा प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकलाई सुनको सिक्का जित्ने अवसर प्रदान हुने कम्पनीले जनाएको छ।

त्यस्तै नगद खरिदमा १ लाख रुपैयाँसम्मको छुट प्राप्त हुनुका साथै जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटरसँग नयाँ टिभिएस साटिन सकिने छ।

नागरिकता वा सवारी चालक अनुमतिपत्रको आधारमा सहज किस्ताबन्दीको योजना ल्याएको कम्पनीले सबै मोडलका टिभिएस सवारी साधनमा लाइफटाइ वारेन्टीको सुविधा दिने भएको छ।

कम्पनीका अनुसार योजना आगामी ४५ दिनसम्म अर्थात १८ माघदेखि ३ चैतसम्म देशभरका सबै आधिकारिक टिभिएस शोरुमहरुमा लागू हुनेछ।

प्रकाशित: १८ माघ २०८२ १९:४३ | Sunday, February 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast