छ महिनामा सात अर्ब ६४ करोडको दाल वीरगन्जबाट नेपाल भित्रियो

हिमाल प्रेस १८ माघ २०८२ १०:४३
4
SHARES
छ महिनामा सात अर्ब ६४ करोडको दाल वीरगन्जबाट नेपाल भित्रियो

पर्सा- वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा सात अर्ब ६४ करोड मूल्यपर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको छ महिनामा एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए । जबकि गत आवको छ महिनामा भने सात थरिका दलहन खाद्यान्न पाँच अर्ब ८३ करोडको आयात भएको थियो । चालु आवको छ महिनामा तीन अर्ब ८२ करोडको मुसुरो दाल आयात भएको छ ।

त्यस्तै सोही अवधिमा एक अर्ब १७ करोड मूल्य पर्ने सिमी-राज्मा आयात भएको छ । चालु आवको छ महिनामा एक अर्ब १४ करोड मूल्यको चना आयात भएको छ ।

एक अर्ब मूल्यको अन्य गेडागुडी आयात भएको छ । रू २७ करोड बराबर रहरको दाल र १६ करोड मूल्यको केराउ आयात भएको छ । त्यस्तै पाँच करोड १० लाख मूल्यका बकुल्लाको आयात भएको छ । रासस

प्रकाशित: १८ माघ २०८२ १०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast