आहुतीको पार्टीका असन्तुष्ट नेतालाई प्रचण्डले गरे स्वागत

हिमाल प्रेस १८ माघ २०८२ ८:३१
8
SHARES
आहुतीको पार्टीका असन्तुष्ट नेतालाई प्रचण्डले गरे स्वागत

काठमाडौँ- विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। शुक्रबार पेरिसडाँडामा ८ बुँदे सहमति गरी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय सदस्यसमेत रहेकी धनकुमारी सुनारको नेतृत्वमा नेताहरू नेकपामा समाहित भएका हुन्।

उनीहरूलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीमा स्वागत गरे। नेकपामा समाहित हुनेहरूमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय प्रबुद्ध समिति सल्लाहकार सदस्य गणेश रसाइली, केन्द्रीय सदस्य तथा महिला संगठन सुदूर प्रदेश संयोजक यसोदा बराल, कैलाली जिल्ला पार्टी सदस्य तथा जात व्यवस्था उन्मूलन मोर्चा जिल्ला संयोजक विक्रम सुनार लगायत छन्।

यसैगरी तुलशी परियार, प्रिया बराल, दिपा राना, हेमा सुनार, संगीता सिजापति, करीता सिजापती, सुमित्रा खाति, शर्मिला जिजार, कमला पिसी र कञ्चनपुर जिल्ला महिला संगठन संयोजक रीता नेपालीसहितका नेता–कार्यकर्ता पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको संयोजक प्रचण्डको सचिवालयले जनाएको छ।

प्रकाशित: १८ माघ २०८२ ८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast