अमेरिकी सरकार आंशिक शटडाउनमा प्रवेश

हिमाल प्रेस १७ माघ २०८२ १८:४९ | Saturday, January 31, 2026
20
SHARES
अमेरिकी सरकार आंशिक शटडाउनमा प्रवेश

काठमाडौँ– अमेरिकी सिनेटले सरकारी खर्च सम्बन्धी महत्त्वपूर्ण मतदान अवरुद्ध गरेपछि संघीय सरकारले आंशिक शटडाउन घोषण गरेको जनाइएको छ। यद्यपि अवरोधहरू भने सीमित हुने अपेक्षा गरिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिलाई लिएर ह्वाइट हाउस र सिनेट डेमोक्रेटबीच बढेको गतिरोधका कारण शनिबार मध्यरात पछि सटडाउन सुरु भएको जनाइएको छ।

संघीय अध्यागमन एजेन्टहरूद्वारा मिनियापोलिसमा दुई जना प्रदर्शनकारीको हत्यामा डेमोक्र्याटहरूले रिसाएर प्रतिक्रिया दिएपछि सुरक्षा विभागको लागि नयाँ कोषका लागि वार्ता असफल भएको स्थानीय मिडियाले जनाएका छन्।

यसैबीच सिनेटर डिक डर्बिनले सामाजिक सञ्जालमा ‘लागु औषध तस्कर, बाल शिकारी र मानव बेचबिखन’ गर्नेहरूलाई पछ्याउनुको सट्टा, ट्रम्प प्रशासनले शिकागो र मिनियापोलिसमा शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई लक्षित गरी बहुमूल्य स्रोतहरू बर्बाद गरिरहेको बताएका छन्।

प्रकाशित: १७ माघ २०८२ १८:४९ | Saturday, January 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast