घोषणापत्रमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्न वाणिज्य महासंघको अनुरोध

हिमाल प्रेस १७ माघ २०८२ १८:१६ | Saturday, January 31, 2026
10
SHARES
घोषणापत्रमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्न वाणिज्य महासंघको अनुरोध फाइल तस्बिर

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघले निर्वाध पेशा व्यवसाय गर्न पाउने र सम्पत्तिको हकसम्बन्धि नैसर्गिक अधिकारको सम्मान हुनेगरी राजनीतिक दलहरुले घोषणापत्र तयार गर्नुपर्ने जनाएको छ।

शनिबार काठमाडौँमा राजनीतिक दलका घोषणापत्रमा निजी क्षेत्रलाई समेट्नुपर्ने विषयहरु सार्वजनिक गर्दै महासंघले देशको रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजश्व योगदानकर्ता एवं सम्पत्ति निर्माणकर्ता उद्यमी व्यवसायीको मनोबल उच्च राखी लगानी बढाउन निर्वाध पेशा व्यवसाय गर्न पाउने र सम्पत्तिको हकसम्बन्धि नैसर्गिक अधिकारको सम्मान हुने गरी राजनीतिक दलहरुले घोषणापत्र तयार गर्नुपर्ने जनाएको हो।

निजी क्षेत्रको मनोबल आधुनिक समयको सबैभन्दा न्यून अवस्थामा रहेकाले नै बैंकहरूमा पर्याप्त रकम भए पनि निजी क्षेत्र ऋण लिएर उद्यम गर्न तयार भएको महासंघको भनाइ छ। महासंघका अध्यक्ष चन्द्र ढकालले यसैगरी निजी क्षेत्र निरुत्साहित हँुंदै जाने हो भने रोजगारी र राजश्व थप संकुचित भई मुलुक असफलता तर्पm उन्मुख हुने भएकाले यसमा राजनीतिक दलहले विशेष ध्यान दिनुपर्ने बताए।

उनले सरकारले पर्यटन उद्योगलाई उद्योग सरहको मान्यता दिए पनि सोही अनुरुप नीति कार्यान्वयन नभएकाले यसमा ध्यान दिनुपर्ने बताए। बजारको माग बढाउन र सर्वसाधाराणको जीवन सहज बनाउन हालको उच्च आयकरको दर घटाउनु आवश्यक रहेको उनले उल्लेख गरे।

अध्यक्ष ढकालले निजी क्षेत्र सुरक्षित, सम्मानित र उत्साहित भएमात्रै रोजगारी बढ्ने र राजस्व विस्तार हुने भएकाले निजी क्षेत्रलाई निर्वाध रुपमा काम गर्ने वातावरण र सोही अनुरुप नीति नियम बनाएर लगानी प्रोत्साहित गर्न सकिए सोचेजस्तो आर्थिक बिकास हुने बताए।

राजनीतिक दलहरूले निजि क्षेत्रको मर्मलाई बुझ्दै घोषणापत्र र कार्यान्वयनयोग्य नीति ल्याउनुपर्छ भन्ने महासंघको धारणा रहेको ढकालले बताए। उनले घोषणापत्र बन्ने तर पछि घोषणापत्रमा उल्लेख भएका विषयहरू नै कार्यान्वयन नहुने परिपाटीलाई चिर्दै कार्यान्वयनमुखी घोषणापत्र तयार हुनुपर्नेमा जोड दिए।

प्रकाशित: १७ माघ २०८२ १८:१६ | Saturday, January 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast