काठमाडौँ फर्केपछि गगनको पहिलो अभिव्यक्ति, भने : कांग्रेस झुपडीमा बस्नेको पार्टी हो

हिमाल प्रेस १७ माघ २०८२ १२:४२ | Saturday, January 31, 2026
4
SHARES
काठमाडौँ फर्केपछि गगनको पहिलो अभिव्यक्ति, भने : कांग्रेस झुपडीमा बस्नेको पार्टी हो नेपाली कांग्रेसका सभापति गगन थापा।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो बनाउने अभियान कांग्रेसमा सुरु भएको बताएका छन्। काठमाडौँ क्षेत्र नम्बर ४ को बुढानीलकण्ठमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘अब कांग्रेस बनाउने अभियान सुरु भएको छ। बदिलएको कांग्रेसले सबैको आवाज सुन्छ। युवाको आवाज सुन्छ। जेनजीको आवाज सुन्छ।’ उनले अब अमूर्त कुरा नभएर कांग्रेसले कामलाई प्राथमिकता दिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए । ‘कांग्रेसमा अब समय आएको छ बदलिने । नेपाललाई आगो चाहिएको छैन। नेपाललाई सम्हाल्ने शक्ति चाहिएको छ।’

बदलिएको कांग्रेसले देश सम्हाल्ने नेतृत्व चाहिएको भन्दै उनले देश सम्हाल्ने शक्ति युवामा रहेको जिकिर गरे। उनले देशलाई शासनमा र कार्यशैलीमा सुधार चाहिएको बताए। उनले सबै जना संविधानमा प्रतिबद्धता रहेकाले संविधानमा बदल्ने कुरा धेरै रहेको तर त्यसका लागि युवाहरूले साथ दिनुपर्ने बताए ।

‘कांग्रेस नेपाल राज्‍यमा रहेको सबैको हो । झुपडीमा बसेका नागरिक र महलमा बसेका नागरिकको हो। अझ पिँधमा रहेको व्यक्तिको नजिकको पार्टी हो कांग्रेस,’ उनले भने, ‘तर देश बनाउन सबैको जरूरी छ। पार्टीले भागबन्डा गर्न नपाओस् । अनि सुशासन आउँछ।

प्रकाशित: १७ माघ २०८२ १२:४२ | Saturday, January 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast