आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने

हिमाल प्रेस १६ माघ २०८२ १९:१९
10
SHARES
आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एसिया क्षेत्र २०२६ को सम्मेलन नेपालमा आयोजना हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

आगामी वैशाख ३ र ४ गते काठमाडौँमा आईसीसी २०२६ को एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए। सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, शासनसम्बन्धी विषय र भावी दिशाबारे छलफल हुने क्यानले जनाएको छ।

सम्मेलनमा आईसीसी एसियाका सदस्य राष्ट्रहरूका प्रमुख पदाधिकारी, प्रशासक र प्रतिनिधिहरूको सहभागिता रहने छ।

प्रकाशित: १६ माघ २०८२ १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast