प्रदेश १ का ऊर्जामन्त्रीको निर्णय- विद्युतीय सवारी चार्जिङ स्टेशनका लागि १ करोड विनियोजन

हिमाल प्रेस ९ माघ २०७९ १५:१० | Monday, January 23, 2023
प्रदेश १ का ऊर्जामन्त्रीको निर्णय- विद्युतीय सवारी चार्जिङ स्टेशनका लागि १ करोड विनियोजन

इटहरी– प्रदेश १ का खानेपानी , सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले पदभार ग्रहण गरेका छन्। विराटनगरस्थित मन्त्रालयको कार्यकक्षमा उनले सोमबार पदभार ग्रहण गरेका हुन्।

पदबहालीसँगै मन्त्री मेन्याङ्बोले प्रदेशभर विद्युतीय सवारी साधनको प्रयोगलाइ प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि चार्जिङ स्टेशन निर्माण गर्न १ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेका छन्।

नेकपा एमालेका उम्मेदवार उनी ताप्लेजुङ १ (क) बाट निर्वाचित हुन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश १ मन्त्रीहरूको कार्यविभाजन गरेका थिए।

प्रकाशित: ९ माघ २०७९ १५:१० | Monday, January 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast