सहिदले देखाएको बाटोमा हिँड्ने प्रण गरौं : कांग्रेस सभापति

हिमाल प्रेस १६ माघ २०८२ ६:३७
10
SHARES
सहिदले देखाएको बाटोमा हिँड्ने प्रण गरौं : कांग्रेस सभापति

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरूले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने बताएका छन्।

सहिद दिवसका अवसरमा सभापति थापाले सहिदको अदम्य साहस, संकल्प र आदर्शप्रति उच्च सम्मान प्रकट गर्दै सहिदले आफ्नो जीवन देश र जनताका लागि समर्पण गरेकै कारण आज हामी स्वतन्त्रताको युगमा श्वास फेर्न पाइरहेका बताएका छन्।

सभापति थापाले नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ को ‘जेनजी’ विद्रोहसम्म, इतिहासका विभिन्न कालखण्डमा भएका समस्त आन्दोलन र संघर्षमा आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त र समुन्नत राष्ट्रका रूपमा रूपन्तरण गर्न सकिने उल्लेख गर्दै उनले वीर सहिदले देखाएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु सबैको दायित्व भएको बताए।

सभापति थापाले कांग्रेसको नेतृत्वमा संविधानसभाबाट निर्मित ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’मा लिपिबद्ध जनअधिकारलाई प्रभावकारी कार्यान्वयन र समयसापेक्ष परिमार्जन गर्नुपर्ने बताए।

प्रकाशित: १६ माघ २०८२ ६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast