काठमाडौँ- स्मार्टच्वाइस टेक्नोलोजिज् लिमिटेड (एससीटी) र माछापुच्छ्रे बैंक लिमिटेडबीच एससीटी यूपीआई डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता भएको छ।
सम्झौता पत्रमा एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र माछापुच्छे« बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ् अधिकृत माधव सुवेदीले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि एससीटी यूपीआई सञ्जालको प्रयोगमार्फत् ग्राहकले नेपाल तथा भारतभित्र माछापुच्छ्रेको एटीएम, पोस, इकमर्शजस्ता सेवा लिन सक्ने भएका छन्।
प्रकाशित: ९ माघ २०७९ १३:१६
प्रतिक्रिया