जेनजी प्रदर्शनका क्रममा जेलबाट फरार कैदी भारतको अहमदाबादमा पक्राउ

हिमाल प्रेस १४ माघ २०८२ १८:०२ | Wednesday, January 28, 2026
22
SHARES
जेनजी प्रदर्शनका क्रममा जेलबाट फरार कैदी भारतको अहमदाबादमा पक्राउ

काठमाडौँ- जेनजी प्रदर्शनका क्रममा जेलबाट फरार भएका एक जना भारतको अहमदाबादमा पक्राउ परेका छन्।

लागुऔषध तस्करीको आरोपमा पक्राउ परेर जेलबाट फरार भएका भारतीय नागरिक धर्मेश चुनारालाई अहमदाबाद प्रहरीले पक्राउ गरेको हो।

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार कागडापीठ क्षेत्रस्थित आफ्नो सासुसको घरमा लुकेको अवस्थामा उनी पक्राउ परेका हुन्। प्रहरीका अनुसार चुनाराका सासु अवैध मदिराको कारोबारमा संलग्न रहेकी छन्।

चुनारालाई गत वर्ष प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागुऔषध गाँजासहित पक्राउ गरेको थियो। उनी बैंङककबाट काठमाडौँ आएका उनको साथबाट १३ केजी गाँजा बरामद भएको थियो।

जेनजी प्रदर्शनका क्रममा कैदीहरू फरार भएको मौका छोपेर चुनारा पनि जेलबाट फरार भएका थिए।

प्रकाशित: १४ माघ २०८२ १८:०२ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast