अनावश्यक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध

हिमाल प्रेस १४ माघ २०८२ १५:०१ | Wednesday, January 28, 2026
8
SHARES
अनावश्यक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध

रुकुमपूर्व- जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले नागरिकलाई अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ। गए रातिदेखि जिल्लाका हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेकाले जिल्लावासीलाई अत्यावश्यक काम नपरी यात्रा नगर्न र यात्रा गर्नै परे उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेको जनाउँदै विपद्को जोखिम हुनसक्ने भएकाले उच्च सर्तकता अपनाउयन अनुरोध गरेको हो। भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। सोही कारणले सयौँ यात्रु अलपत्र परेका छन् भने कतिपय हिउँमा फसेका छन्।

यातायात व्यवासायीलाई पनि मौसम पूर्वानुमान गरेर मात्र यातायातका साधन सञ्चालन गर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले बताए। हिउँ खेल्न आउने तथा हिमाल आरोहण र पदयात्रा गर्ने पर्यटकलाई पनि उच्च सतर्कता अपनाउन अनुरोध गरिएको उनले बताए।

यस वर्षको यो दोस्रो हिमपात हो। हिमपातले रुकुमपूर्व र बागलुङ सिमाना पातिहाल्ना क्षेत्रमा सडक तीन फिट ढाकेको छ। काठमाडौँबाट रुकुमपूर्वसहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बस हिउँमा फसेका छन्।

गए रातिदेखि हिउँमा फस्दा चिसो र भोकले समस्यामा परेको काठमाडौँबाट रुकुम पश्चिम जान लागेका यात्रु किरण शर्माले बताए। उनका अनुसार वरपर पनि होटेल नभएकाले बसबाट झरेर एक घण्टा पैदल हिँडी सिमाना पातिहाल्नामा पुगेर चाउचाउ/बिस्कुट किनेर खाने बाध्यता छ।

सबै यात्रु सिमानामा पुग्न सक्ने स्थिति पनि नभएको उनले बताए। अवरुद्ध सडक सञ्चालन गर्नका लागि बागलुङका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर रुकुम पूर्वतर्फबाट हिउँ पन्छाउने काम सुरु गरिएको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।

प्रकाशित: १४ माघ २०८२ १५:०१ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast