समानुपातिक मतपत्रको छपाइ सकियो, प्रत्यक्षको सुरु

हिमाल प्रेस १२ माघ २०८२ १८:३२ | Monday, January 26, 2026
34
SHARES
समानुपातिक मतपत्रको छपाइ सकियो, प्रत्यक्षको सुरु

काठमाडौँ- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ।

सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका अधिकारीहरूले मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको कामको निरीक्षण समेत गरेका छन्।

निरीक्षणपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ सुरु भएको जानकारी दिए। मतपत्र छाप्ने काम करिब १५ दिनभित्र सम्पन्न हुने उनको भनाइ छ।

उनले समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको जानकारी दिए। आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको भण्डारीको भनाइ छ।

उनले मतदान अघि मतपत्रको सुरक्षाका साथै निर्वाचनको सबै तयारी पूरा गरेको उल्लेख गरे। यसअघि जनक शिक्षाले प्रत्यक्षतर्फ करिब ११ लाख नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाएको थियो।

प्रकाशित: १२ माघ २०८२ १८:३२ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast