नेप्से ३.०७ अंकले घट्यो, कारोबार रकम १६ अर्ब ३५ करोड

हिमाल प्रेस १२ माघ २०८२ १६:४१
6
SHARES
नेप्से ३.०७ अंकले घट्यो, कारोबार रकम १६ अर्ब ३५ करोड

काठमाडौँ- अघिल्लो कारोबार दिन उल्लेख्य सुधार देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साेमबार सामान्य गिरावट  भएको छ। सामान्य गिरावट भए पनि कारोबार रकम करिब पाँच महिनापछि पहिलोपटक उच्च स्तरमा पुगेको छ।

नेप्से परिसूचक ३.०७ अंक अर्थात् ०.११ प्रतिशतले घट्दै २,७६९.०९ विन्दुमा बन्द भएको छ। कारोबार अवधिभर बजार उतारचढाब रह्यो। अन्त्यमा परिसूचक सामान्य अंकले घटेर बन्द भयो।

कुल कारोबार रकम १६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। यो गत वर्षको भदौ २९ यताकै उच्च हो। आज १ लाख ४७ हजार ६७६ कारोबारमार्फत ३ करोड ६२ लाख ६० हजार ८४२ कित्ता सेयर किनबेच भएको छ।

त्यस्तै १६५ कम्पनीका सेयर मूल्य घट्दा ८८ कम्पनीका सेयर मूल्य बढेका छन् भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबारका क्रममा पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।

कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर्स लिमिटेड अग्रस्थानमा रह्यो। उक्त कम्पनीको ६५ करोड ९३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। त्यसपछि अंकु खोला जलविद्युत कम्पनी लिमिटेड र मञ्जुश्री फाइनान्स लिमिटेडको क्रमशः ५६ करोड १६ लाख र ५२ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ।

क्षेत्रगत सूचकतर्फ चार समूह बढेका छन् भने बाँकी नौ समूह घटेका छन्। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६७ प्रतिशतले बढ्दा लगानी (इन्भेष्टमेन्ट) समूह सबैभन्दा धेरै ०.५५ प्रतिशतले घटेको छ।

प्रकाशित: १२ माघ २०८२ १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast