मधेशका कुरा काठमाडौँमा सुनाउन र काठमाडौँका कुरा मधेशमा सुनाउन चाहन्छु : सभापति थापा

हिमाल प्रेस १२ माघ २०८२ १५:१८ | Monday, January 26, 2026
10
SHARES
मधेशका कुरा काठमाडौँमा सुनाउन र काठमाडौँका कुरा मधेशमा सुनाउन चाहन्छु : सभापति थापा नेपाली कांग्रेसका सभापति गगन थापा।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशसँगको सम्बन्ध औपचारिकतामा मात्र सीमित नराख्ने बताएका छन्।आफूले मधेशका कुरा काठमाडौँमा सुनाउन र काठमाडौँका कुरा मधेशमा सुनाउन चाहेको पनि थापाले बताए।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही-४ मा उम्मेदवारी दिएका थापाले सोमबार भिडियो सन्देशमार्फत मधेशका मुद्दाहरू बुझ्दै त्यसले समग्र नेपालको समस्याको समाधानमा योगदान गर्न सक्ने विश्वास व्यक्त गरे।

‘मधेशको प्रतिनिधित्व गर्दै गर्दा त्यहाँका मुद्दा बुझ्दै गर्दा प्रकारान्तरले नेपालको सिंगो समस्या समाधानको गर्न सक्छु भन्ने विश्वास राखेको छ,’ सभापति थापाले भिडियोमा भने।

सभापति थापाले पहाडबाट झरेको आफ्नो परिवार, काठमाडौँको हुकाई भएको हुँदा मधेशसँग चुनावी उम्मेदवार बनेर झन् नजिकिन चाहेको बताए। मधेशका कुरा काठमाडौँमा सुनाउन र काठमाडौँका कुरा मधेशमा सुनाउन चाहेको उनको भनाइ छ।

काठमाडौँ-४ का मतदाताप्रति आफ्नो कृतज्ञता व्यक्त गर्दै सभापतिले तीनपटक निर्वाचित हुँदा यहाँको जनताको मायाको अनुभव गरेको बताए।

सभापति थापा चुनावी कार्यक्रमका लागि आज निर्वाचन क्षेत्रमा पुगेका छन्।

प्रकाशित: १२ माघ २०८२ १५:१८ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast