पर्वत समाजको प्रथम वार्षिक साधारण सभा आज

हिमाल प्रेस १० माघ २०८२ ७:२२ | Saturday, January 24, 2026
10
SHARES
पर्वत समाजको प्रथम वार्षिक साधारण सभा आज

काठमाडौँ- पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन आज हुँदैछ। काठमाडौँको वसुन्धरास्थित दियालो फुड ल्याण्डमा शनिवार ११ बजे देखि हुने साधारण सभाको अवसरमा विमोचन र विभिन्न चार विधामा पर्वत व्यक्तित्व सम्मान पनि प्रदान गर्ने जानकारी दिएको छ।

पर्वत चिनारीमा पर्वत राज्यको इतिहासदेखि वर्तमान संघीय संरचनासम्मको अवस्था, चुनौती र सम्भावनासहित विभिन्न विज्ञहरूको लेख समेटिएको समाजका अध्यक्ष गणेश शर्माले जानकारी दिए। त्यसैगरी व्यक्तित्व सम्मानतर्फ पर्वत विशिष्ट व्यक्तित्व सम्मान, शिक्षा सेवा सम्मान, समाज सेवा सम्मान र कृषि तथा उद्यम सम्मान प्रदान गर्ने समितिले जनाएको छ।

समाजले सम्मान गर्ने व्यक्ति छनौट पारदर्शी र व्यवस्थित बनाउन निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। उक्त समितिको सदस्यमा उच्च अदालतका पूर्वन्यायाधीश जगत नारायण प्रधान र नेपाली सेनाका पूर्व उपरथी देवेन्द्र मेघासी सदस्य रहेका थिए ।

सम्मानका विधा र मापदण्ड समाजसँगको परामर्शमा समितिले निर्धारण गरेको थियो।जसअनुसार विशिष्ट व्यक्तित्व सम्मान छनौट समितिले पर्वतमा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्‍याएका व्यक्ति मध्येबाट छनौट गरिएको हो।

पर्वत शिक्षा सेवा सम्मान, समाज सेवा सम्मान र कृषि तथा उद्यम सम्मान सम्बन्धित पालिकाको सिफारिस भएका उम्मेदवार मध्यबाट पर्वत जिल्लाका लागि पुर्‍याएको योगदान मूल्याङ्कनका आधारमा छनोट गरिएको अध्यक्ष शर्माले जानकारी दिए।

समाजले कार्यक्रममा सम्पूर्ण पर्वतवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थितिका लागि आग्रह गरेको छ।

 

प्रकाशित: १० माघ २०८२ ७:२२ | Saturday, January 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast