बाबुरामले लिए उम्मेदवारी फिर्ता

हिमाल प्रेस ९ माघ २०८२ १३:२३ | Friday, January 23, 2026
38
SHARES
बाबुरामले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ- गोरखा क्षेत्र नम्बर २ का चार उम्मेदवारले संयुक्त रूपमा आग्रह गरेपछि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन्।

शुक्रबार बिहान टेलिफोनमार्फत नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लेखनाथ न्यौपाने, नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कविन्द्र बुर्लाकोटी र नेकपा एमालेका मिलन गुरुङ (चक्रे) ले टेलिफोनमार्फत उम्मदवारी फिर्ता लिएर अभिभावकीय भूमिका खेल्न आग्रह गरेपछि भिडियो सन्देशमार्फत डा.भट्टराईले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

‘मसँग नयाँ पुराना दलका साथीहरूले तपाईँ साझा व्यक्तिको रूपमा रहनु उपयुक्त हुन्छ, सांसद वा दल विशेषको मात्र रहँदा तपाईँको भूमिका संकुचित रहन सक्छ, देशमा तरल अवस्था छ। त्यसले निश्चित आकार ग्रहण गरिसकेको अवस्था छैन, त्यसैले चुनावी प्रतिस्पर्धामा लाग्नुभन्दा राजनीतिक दलहरूलाई, भोलि बन्ने सरकारलाई विभिन्न सल्लाह सुझाव दिएर भूमिका निर्वाह गर्दा नै उपयुक्त भन्ने दल, उम्मेदवार साथीहरूको आग्रह रह्यो,’ डा.भट्टराईले भिडियो सन्देशमा भने, ‘संसदीय निर्वाचनमा सहभागी भएर सांसद मात्र रहनुभन्दा बाहिर रहेर दलहरूलाई सघाउनु र अभिभावकीय भूमिकामा नै रहनु उपयुक्त हुन्छ ठानेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छु।’

प्रकाशित: ९ माघ २०८२ १३:२३ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast