हलमा लाग्यो फिल्म ‘परिवर्तन’

हिमाल प्रेस ९ माघ २०८२ ११:५७ | Friday, January 23, 2026
12
SHARES
हलमा लाग्यो फिल्म ‘परिवर्तन’

काठमाडौँ- फिल्म ‘परिवर्तन’ आजदेखि हलमा प्रदर्शन भएको छ। फिल्म एक्सन जनरामा बनेको छ। फिल्मका निर्देशक विजय केरुङ हुन्।

फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायत कलाकारको अभिनय छ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा फिल्मको ३२ सो छ। साथै आईएनआई सिनेमाजमा १५ सो, वान सिनेमाजमा ९, एफक्यूबमा ४ र बिग मुभिजमा ३ गरी देशैभर फिल्मले एक सय माथि सो पाएको छ।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म दीपक शिवाकोटीले लगानी गरेका हुन्। निर्माता सिवाकोटीकै कथा रहेको फिल्मको पटकथा तथा संवाद भने शिवम् अधिकारीले लेखेका छन्।

फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत, श्री श्रेष्ठको द्वन्द्व निर्देशनमा बनेको छ।

प्रकाशित: ९ माघ २०८२ ११:५७ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast