कांग्रेस बैठक आज, के के छन् एजेन्डा?

हिमाल प्रेस ९ माघ २०८२ ७:३४ | Friday, January 23, 2026
30
SHARES
कांग्रेस बैठक आज, के के छन् एजेन्डा? सभापति गगन थापा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन्।

सहमहामन्त्री डा.डिला संग्रौला पन्तले हिमालप्रेसलाई बताएअनुसार सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा होमिन बैठक बोलाइएको हो।

गत पुस २७ गतेदेखि माघ १ गतेसम्म सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए।

विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरू आज पहिलोपटक केन्द्रीय कार्यालय सानेपामा पुग्नेछन्।

सहमहामन्त्री संग्रौलाका अनुसार सभापति थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गरेपछि केन्द्रीय समिति बैठक सुरु हुनेछ।

प्रकाशित: ९ माघ २०८२ ७:३४ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast