थापाको सभापतित्वमा पहिलो पटक सानेपामा बैठक बस्दै कांग्रेस

हिमाल प्रेस ८ माघ २०८२ ११:४६
60
SHARES
थापाको सभापतित्वमा पहिलो पटक सानेपामा बैठक बस्दै कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने भएको छ । गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति शुक्रबार पार्टी कार्यालय सानेपामा गएर पद बहाली गर्ने र पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

‘दिउँसो १ बजे पद बहालीका लागि पार्टी कार्यालयमा जान्छौँ । त्यसपछि त्यहाँ केन्द्रीय कार्यसमिति बैठक बस्छौँ,’ प्रवक्ता चालिसेले भने, ‘शुक्रबारबाट पार्टीका सम्पूर्ण गतिविधि केन्द्रीय कार्यालय सानेपाबाट हुन्छन् ।’

प्रकाशित: ८ माघ २०८२ ११:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast