देशभर ३४ सय ८४ उम्मेदवार : ३९५ महिला, २५-३५ उमेर समूहका ५८३ जना

हिमाल प्रेस ७ माघ २०८२ ६:४२
2
SHARE
देशभर ३४ सय ८४ उम्मेदवार : ३९५ महिला, २५-३५ उमेर समूहका ५८३ जना

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार (माघ ६) देशभर मनोनयन दर्ता गरियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, देशभर ३४ सय ८४ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा ३९५ महिला, तीन हजार ८८ पुरुष र अन्य एक उमेदवार छन् ।

राजनीतिक दलको तर्फबाट दुई हजार २९७ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा २३५ महिला र दुई हजार ६४ छन् । त्यस्तै, एक हजार १८७ जनाले स्वतन्त्र उमेदवारी दिएका छन्।

उमेरगत रूपमा २५ देखि ३५ वर्षसम्म ५८३, ३६ देखि ५० वर्षसम्म एक हजार ६१०, ५१ देखि ६५ वर्षसम्म एक हजार ९० र ६५ देखिमाथि २०१ जनाले उमेदवारी दिएको आयोगले जनाएको छ । देशभर उमेदवार मनोनयन गर्ने राजनीतिक दलको संख्या ६८ वटा छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रारम्भिक सूचीमा केही संख्या थपघट हुनसक्ने बताए ।

प्रकाशित: ७ माघ २०८२ ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast