रौतहट- नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न रौतहट निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दर्ता गराएका छन्।
नेता नेपालको उम्मेदवारीको प्रस्तावकमा पार्टी केन्द्रीय सदस्य रामनरेश मण्डल र समर्थकमा चण्डेश्वर राउत रहेको उनका स्वकीय सचिव लक्ष्मण रेग्मीले जानकारी दिए।
यसअघिको निर्वाचनमा पनि पूर्वप्रधानमन्त्री नेपाल सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।
प्रकाशित: ६ माघ २०८२ १६:०९
प्रतिक्रिया



