‘चुनावी सरकार’ का यी मन्त्री नै उम्मेदवार!

हिमाल प्रेस ६ माघ २०८२ ११:५६ | Tuesday, January 20, 2026
20
SHARES
‘चुनावी सरकार’ का यी मन्त्री नै उम्मेदवार!

काठमाडौँ- गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाको विद्रोहपछि बनेको चुनावी सरकारका चार जना मन्त्रीले राजीनामा दिएर आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन्।

जेनजी विद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। उक्त अन्तरिम मन्त्रिपरिषद्मा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसहित चार मन्त्रीले राजीनामा दिएर चुनावमा होमिएका हुन्।

आज बिहान मात्रै राजीनामा दिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्।

निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन्।

निवर्तमान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। उनी सिराहा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन्।

प्रतिनिधिसभा निर्वाचनका लागि आज प्रत्यक्षतर्फको मनोनयन दर्ताको अन्तिम दिन हो। २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ।

प्रकाशित: ६ माघ २०८२ ११:५६ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast