अर्थतन्त्रलाई गति दिने लक्ष्यसहित दलहरूले घोषणापत्र बनाउनुपर्ने सीएनआईको सुझाव

हिमाल प्रेस ४ माघ २०८२ १६:५० | Sunday, January 18, 2026
12
SHARES
अर्थतन्त्रलाई गति दिने लक्ष्यसहित दलहरूले घोषणापत्र बनाउनुपर्ने सीएनआईको सुझाव

काठमाडौँ- नेपाल उद्योग परिसंघ (सीएनआई) ले अर्थतन्त्रलाई गति दिने लक्ष्यका साथ राजनीतिक दलहरूले आफ्नो घोषणापत्र बनाउनुपर्ने सुझाव दिएको छ।

परिसंघले आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा राजनीतिक स्थायित्वसँगै अर्थतन्त्रलाई गति दिने लक्ष्यसहित राजनीतिक दलका घोषणापत्र बनाउनुपर्ने सुझाव दिएको हो।

अहिले राजनीतिक एजेन्डाले मात्र प्राथमिकता पाइरहेको अवस्थामा मुलुकको अर्थतन्त्र सुधारका लागि स्पष्ट योजना र मार्गचित्र आवश्यक रहेको परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बताए।

उद्योगहरूलाई अघि बढाउने, अर्थतन्त्रलाई सहजरूपमा अघि बढाउने लगाएत आर्थिक सम्बन्धी धेरै विषयलाई राजनीतिक दलहरूले आफ्नो एजेण्डा बनाउनुपर्ने उनले बताए।

उनले उद्यमशीलता प्रवर्द्धन गर्ने नीति अपनाउनुपर्ने, सुशासन कायम गर्नुपर्ने, ठूला पूर्वाधार आयोजना तोकिएको समयमा सम्पन्न गर्नुपर्ने, सूचना प्रविधिमा आधारित उद्यमलाई प्राथमिकता दिनुपर्ने लगायतका मुद्दाहरूमा समेत दलहरूले ध्यान दिन सक्नुपर्ने धारणा राखे।

उनले कमजोर कर नीतिलाई सुधार गर्नुपर्ने, अर्थतन्त्र सुधारका लागि लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने, प्रशासनिक झन्झट हटाउनुपर्ने लगायतका सुझाव परिसंघको रहेको बताए।

प्रकाशित: ४ माघ २०८२ १६:५० | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast