१२० मुरी धान फलाउने म्याग्दीका ध्रुव

हिमाल प्रेस २ माघ २०८२ ७:१९ | Friday, January 16, 2026
10
SHARES
१२० मुरी धान फलाउने म्याग्दीका ध्रुव

म्याग्दी- एक जना किसानले १२० मुरी धान फलाएका छन्। मंगला गाउँपालिका-२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गरेका हुन्।

खत्रीको दुईतले घरमा राखिएका भकारी धानले भरिएका छन्। ‘एक सय रोपनी खेतमा एक सय ५० मुरी धान फलाउने लक्ष्य थियो’, उनले भने,‘गत वर्षको तुलनामा २० मुरी बढी धान उत्पादन भए पनि मौसमले साथ नदिँदा लक्ष्यभन्दा कम भयो।’

सिमकाजी ब्रर्दश भेन्चर प्रालिमार्फत रैथाने गौरीया, जेठोबुढो धान, मकै र गहुँखेतीका साथै खत्रीले भैँसीपालन गरेका छन्।

घरमा आवश्यक धान राखेर बाँकी बिक्री गर्ने उनले बताए। ‘घरमा आवश्यक पर्ने २५ मुरी राखेर ९५ मुरी बिक्री गर्छु’, खत्रीले भने, ‘धान प्रतिपाथी रु चार सय र चामल प्रतिपाथी रु एक हजारका दरले बिक्री हुन्छ।’

प्रकाशित: २ माघ २०८२ ७:१९ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast