केही समय दुर्घटनामा परेको पार्टी चोखिएर आएको छ : कुलमान

हिमाल प्रेस १ माघ २०८२ १८:१९ | Thursday, January 15, 2026
20
SHARES
केही समय दुर्घटनामा परेको पार्टी चोखिएर आएको छ : कुलमान

काठमाडौँ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन्।

बिहीबार काठमाडौँमा राष्ट्रिय परिवर्तन पार्टी (युनाइटेड जेन्जी) बीच एकता गर्दै घिसिङले केही समय अघि करिब १२ दिन आफूहरू दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन्।

अँध्यारोबाट बाहिर निस्किन १२ दिन लागेको र त्यो समय आफूहरूका लागि निकै कठिन भएको उनको भनाइ छ। घिसिङले पार्टी सफा भएर अब देशलाई पनि सफा गर्ने र उज्यालो बनाउने अभियानमा गम्भीर भएर लाग्ने उल्लेख गरे।

उज्यालो नेपाल पार्टीले नयाँ शक्तिको प्रतिनिधित्व गर्ने भन्दै उनले अरू सबै पार्टी पुरानो भइसकेको धारणा राखे। जेनजी आन्दोलनको म्याण्डेडलाई सम्बोधन गर्नका लागि उज्यालो नेपाल पार्टी स्थापना भएको उनले बताए।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ र राष्ट्रिय परिवर्तन पार्टी (युनाइटेड जेन्जी)का अध्यक्ष राजेश पोर्तेलबीच सहमतिपत्र आदानप्रदान गरिएको थियो।

प्रकाशित: १ माघ २०८२ १८:१९ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast