गगन नेतृत्वको केन्द्रीय समितिको निर्णय : निर्वाचन आयोगमा दस्तखत परिवर्तन गर्ने

हिमाल प्रेस १ माघ २०८२ १५:०९ | Thursday, January 15, 2026
गगन नेतृत्वको केन्द्रीय समितिको निर्णय : निर्वाचन आयोगमा दस्तखत परिवर्तन गर्ने

काठमाडौँ- गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको छ।

बिहीबार ललितपुरस्थित एक बैन्क्वेटमा बसेको पहिलो केन्द्रीय समिति बैठकले विशेष महाधिवशेनले गरेका निर्णयलगायत विषयमा निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

उनले उम्मेदवार प्रयोजनका लागि आधिकारिक दस्तखत परिवर्तन गर्ने, समानुपातिक सूचीलाई संशोधन गर्ने, कानुनी र वैधानिक दायित्वहरू पूरा गर्न आयोगमा विवरण बुझाइने उल्लेख गरे।

बैठकले सभापति गगन थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र निर्माण समिति गठन गरेको छ। घोषणापत्र समिति केवल घोषणाका लागि नभई एक्सनका लागि, भिजनसहितको हुने र ठोस योजना र कार्यपद्धति यसमा समेटिने प्रवक्ता चालिसेले बताए।

त्यस्तै बैठकले निर्वाचनलाई केन्द्रीत गरेर उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिति बनाउने निर्णय गरिएको प्रवक्ता चालिसले बताए।

बैठकले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै बदलिएको परिस्थितिमा बदलिएको कांग्रेस निर्माण गर्ने संकल्प गरेको छ। बैठक शुक्रबार पनि जारी रहने प्रवक्ता चालिसेले जानकारी दिए।

प्रकाशित: १ माघ २०८२ १५:०९ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast