गोरखा-१ बाट रास्वपाकी सोनी भट्टराई उम्मेदवार

हिमाल प्रेस १ माघ २०८२ १२:४४ | Thursday, January 15, 2026
210
SHARES
गोरखा-१ बाट रास्वपाकी सोनी भट्टराई उम्मेदवार

काठमाडौँ- काठमाडौँ महानगरपालिका बालअधिकार समितिकी विज्ञ सदस्य सोनी भट्टराई लामो समयदेखि बालबालिकाको हकहित र संरक्षणका विषयमा सक्रिय रूपमा आवाज उठाउँदै आएकी अभियन्ता हुन्। महानगरमा हुँदा सोनी नेतृत्वको टिमले नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद रेखा शर्माको घरबाट नाबालिकाको उद्धार गरेको थियो।

राजनीतिशास्त्र अध्ययन गरेकी भट्टराई हाल केन्द्रीय प्रशिक्षकका रूपमा नमुना युवा संसद अभ्यास कार्यक्रममार्फत युवालाई लोकतान्त्रिक अभ्यास र नेतृत्व विकासमा सहभागी गराउँदै आएकी छन्।

राष्ट्रिय युवा परिषद्को सहकार्यमा सञ्चालन हुने युवा संसद् अभ्यास कार्यक्रममार्फत उनले युवालाई नीति, संसद र नागरिक अधिकारबारे व्यवहारिक ज्ञान दिन योगदान पुर्‍याइरहेकी छन्। साथै, बालअधिकारका लागि राष्ट्रिय अभियानमा आबद्ध रहँदै उनले नीति निर्माण तहमा बालमैत्री दृष्टिकोण स्थापित गर्न निरन्तर पहल गर्दै आएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी भट्टराई जेनजी पुस्ताको प्रतिनिधित्व गर्छिन्।

नागरिक अधिकार, बालअधिकार र युवाको सहभागितालाई राजनीतिक एजेन्डाको केन्द्रमा राख्दै उनले समावेशी र उत्तरदायी राजनीतिक अभ्यासको पक्षमा आवाज उठाउँदै आएकी छन्।

बालअधिकार र युवा नेतृत्व विकासलाई सँगसँगै अघि बढाइरहेकी सोनी नयाँ पुस्ताको आशा र सम्भावनाको प्रतिनिधि पात्रका रूपमा उदाउँदै गएकी छन्।

उनी गोरखा नारेश्वरकी हुन्।

प्रकाशित: १ माघ २०८२ १२:४४ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast