उपप्रधानमन्त्री पद हटाए पनि हुन्छ : गृहमन्त्री लामिछाने

हिमाल प्रेस ७ माघ २०७९ १७:५६ | Saturday, January 21, 2023
उपप्रधानमन्त्री पद हटाए पनि हुन्छ : गृहमन्त्री लामिछाने फाइल तस्बिर

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउन सत्तागठबन्धनमा प्रस्ताव गरेको बताएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उपप्रधानमन्त्री पदले सरकारलाई कुनै भार नथप्ने भएकाले यो पद राखेको जानकारी आफूलाई जानकारी भए पनि गठबन्धनबाट सहमति भएको खण्डमा उपप्रधानमन्त्री हटाए पनि आफू सहमत नै रहने लामिछानेको भनाइ छ।

‘उपप्रधानमन्त्रीहरू बन्दै गएका कुराहरू छन्। यसले सरकारलाई थप भार पार्ने भन्दा पनि गठबन्धनबाट गर्ने भनिएको हो। हटाउने भए पनि सबैभन्दा पहिला मेरोबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन,’ उनले भने।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै स्वतन्त्र सांसद अमरेश सिंह र आम जनता पार्टीका नेता प्रभु साहले अहिलेको मन्त्रिपरिषद्‍मा आवश्यकताभन्दा धेरै संख्यामा उपप्रधानमन्त्रीहरू राखिएको भन्दै सरकारको आलोचना गरेका थिए।

यसअघि उपप्रधानमन्त्रीको संख्याबारे टिप्पणी हुँदै आएको छ।

प्रकाशित: ७ माघ २०७९ १७:५६ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast