थारु समुदायले काठमाडौँमा माघी पर्व मनाउने

हिमाल प्रेस २८ पुष २०८२ १५:११ | Monday, January 12, 2026
12
SHARES
थारु समुदायले काठमाडौँमा माघी पर्व मनाउने फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका थारु समुदायले काठमाडौँको टुँडीखेलमा माघी पर्व मनाउने भएका छन्।

थारु कल्याणकारिणीसभाको संयोजनमा र विभिन्न थारु संघ संघसंस्थाहरुको संयुक्त आयोजनामा थारु समुदायले पुस ३० गते र माघ १ गते दुई दिन काठमाडौँको टुँडीखेलमा माघी महोत्सव मनाउने भएका हुन्।

थारु भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सवका संयोजक प्रेमीलाल चौधरीले जानकारी दिए।

माघी महोत्सवको प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। मूल कार्यक्रमअघि माघ १ गते थारु संस्कृति, भेषभुषा, बाजागाजासहित बसन्तपुरमा भेला भइ झाँकी र्‍यालीसहित विभिन्न स्थानको परिक्रमा गर्दै टुँडीखेलमा सहभागी हुने चौधरीले बताए।

‘थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र संवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको माघी महोत्सवमा थारु खानाका परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनीलगायतका करिब १०० भन्दा बढी स्टलहरू रहने बताइएको छ।

यस्तै महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाँच प्रदर्शन गरिने आयोजकले जनाएको छ।

प्रकाशित: २८ पुष २०८२ १५:११ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast