रमेश खरेलले गगन–विश्वलाई दिए इतिहासका नायकको संज्ञा

हिमाल प्रेस २८ पुष २०८२ ७:३४ | Monday, January 12, 2026
26
SHARES
रमेश खरेलले गगन–विश्वलाई दिए इतिहासका नायकको संज्ञा

काठमाडौँ- पूर्वडीआईजी रमेश खरेलले कांग्रेसका युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ‘इतिहासका नायक’को संज्ञा दिएका छन्।

सामाजिक सन्जालमार्फत गगन–विश्वको प्रशंसा गर्दै खरेलले विभिन्न अवरोधहरू सिर्जना गर्न जति नै जोडबल गरिए पनि अन्ततः ती सबै प्रयासहरू विफल भएको बताएका छन्। उनले सुदृढ कांग्रेस हुनु भनेको नै सुदृढ लोकतन्त्रको आधारशिला तयार हुनु हो भनेका छन्।

यस महाधिवेशनले भोलि लिने निर्णय वा यसको बिट मार्ने दिशा जेजस्तो भए तापनि, यसले एउटा महत्त्वपूर्ण सन्देश भने स्थापित गरिसकेको छ ।

यो महाधिवेशनले लोकतन्त्रमा कसैको एकलौटी पेवा चल्दैन भन्ने कुरालाई तथ्यगत रूपमै प्रमाणित गरिदिएको खरेलको भनाई छ। उनका अनुसार पार्टीभित्र आफूबाहेक अरूलाई दास सम्झने र आफ्नो वर्चस्व कायम राख्न चाहने शक्तिहरूले यो विशेष महाधिवेशन रोक्न निकै कसरत गरेको देखिन्छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महाधिवेशनलाई कमजोर बनाउन र विभिन्न अवरोधहरू सिर्जना गर्न जति नै जोडबल गरिए पनि अन्ततः ती सबै प्रयासहरू विफल भएका छन् । घेराबन्दीका बाबजुद महाधिवेशन सम्पन्न हुनुले पार्टी व्यक्तिवादी स्वेच्छाचारिताले नभई विधान र पद्धतिले चल्छ भन्ने मान्यतालाई चरितार्थ गरिदिएको छ ।’

 

प्रकाशित: २८ पुष २०८२ ७:३४ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast