पोखरा– गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता श्रीकान्त बराल नियुक्त भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
शपथ ग्रहण समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको पनि उपस्थिति थियो। बराल पछिल्लो समय काठमाडौँमा कानुन व्यवसाय गर्दै आएका थिए।
अघिल्लो सरकारमा मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले नयाँ सरकार आएपछि राजीनामा दिएका थिए। बराल पोखरा महानगरपालिका- २६ बरालडाँडा निवासी हुन्।
प्रकाशित: ७ माघ २०७९ १७:१६ | Saturday, January 21, 2023
प्रतिक्रिया



