कांग्रेसले प्रतिपक्षी दलको दाबी गर्न सुहाउँदैन : प्रेम सुवाल

हिमाल प्रेस ७ माघ २०७९ १६:३९ | Saturday, January 21, 2023
कांग्रेसले प्रतिपक्षी दलको दाबी गर्न सुहाउँदैन : प्रेम सुवाल

काठमाडौँ– नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपाली कांग्रेसलाई विपक्षी दलको दाबी गर्न नमिल्ने बताएका छन्।

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘सरकारलाई विश्वासको मत दिने अनि विपक्षी दलको दाबी पनि गर्ने? कांग्रेसले यस्तो दोहोरो व्यवहार गर्न सुहाउँदैन, मिल्दैन,’ उनले भने।

उनले प्रमुख प्रतिपक्षी दल आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरे। उनले अहिलेको सरकारलाई धेरैवटा दलले विश्वासको मत दिएकाले प्रधानमन्त्रीले सबै दलको कुरा सम्बोधन गर्नुपर्ने भएकाले स्थायी सरकारको प्रश्न उठेको उनले जिकिर गरे।

प्रकाशित: ७ माघ २०७९ १६:३९ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast