चितवनको राप्ती नदीमा छाडियो २० वटा गोही

हिमाल प्रेस २५ पुष २०८२ १८:३७ | Friday, January 9, 2026
12
SHARES
चितवनको राप्ती नदीमा छाडियो २० वटा गोही प्रतिनिधिमूलक तस्बिर।

चितवन- चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका २० वटा गोहीलाई प्रकृतिमा छोडिएको छ। आज (शुक्रबार) दिउँसो ती गोहीलाई सौराहा घाटबाट राप्ती नदीमा छाडिएको हो।

छाडिएका गोहीमध्ये पाँचवटा भाले र १५ वटा पोथी छन्। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई राप्ती, नारायणी नदीमा छोड्दै आइएको छ । यस आर्थिक वर्षमा यीबाहेक ५२ वटा गोही नदीमा छाडिसकिएको छ।

मगरका अनुसार सन् २०२२ मा जन्मिएका ३०० वटा गोही प्रकृतिमा छोड्नका लागि तयारी अवस्थामा छन्। यस आर्थिक वर्षमा ती गोहीलाई नदीमा छाड्ने योजना रहेको उनले बताए। उनले भने, ‘अहिले गोही प्रजनन केन्द्रमा छ सय ९७ वटा गोही छन्।’

अहिलेसम्म यहाँ हुर्काइएका दुई हजार १४२ वटा गोही नदीमा छाडिएको उनले जानकारी दिए। विसं २०३५ मा स्थापना गरिएको घडीयाल गोही प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ।

प्रकाशित: २५ पुष २०८२ १८:३७ | Friday, January 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast