सभामुख घिमिरेको आह्वानमा सर्वदलीय बैठक सुरु

हिमाल प्रेस ७ माघ २०७९ १२:०२ | Saturday, January 21, 2023
सभामुख घिमिरेको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमाडौँ- सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा भर्खरै सुरु भएको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, नेकपा एमालेका नेता सुवास नेम्वाङ र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे सहभागी छन्।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल लगायत उपस्थित छन् ।

सभामुख घिमिरेले सभामुखमा निर्वाचित भएपछि सदनका काम कारबाहीलाई व्यवस्थित र चुस्त ढंगबाट अघि बढाउन पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन्। उनी माघ ५ गते सभामुखमा निर्वाचित भएका हुन्। प्रतिनिधिसभाको शनिवारको बैठकमा उपसभामुख चयन गर्ने कार्यसूची छ ।

प्रकाशित: ७ माघ २०७९ १२:०२ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast