निर्वाचनको सुरक्षाका लागि सरकारले सबै व्यवस्था गर्छ, ढुक्कसँग मतदान गर्न मिल्छ : गृहमन्त्री

हिमाल प्रेस २४ पुष २०८२ १४:०७
8
SHARES
निर्वाचनको सुरक्षाका लागि सरकारले सबै व्यवस्था गर्छ, ढुक्कसँग मतदान गर्न मिल्छ : गृहमन्त्री

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताएका छन्।

मानवअधिकार संगठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज यहाँ आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा उनले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य भएको बताएका छन्।

‘मानवअधिकार र पीडितको पक्षमा सँधै लाग्नेछु । दण्डहिनताका पक्षमा म छैन, मुलुक कालोसूचीमा पर्ने गरी दण्डहिनतालाई प्रश्रय दिँइदैन,’ गृहमन्त्री अर्यालले भने। निर्वाचनको सुरक्षाका लागि सरकारले सबै व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।

जेनजी पुस्तालाई भोट हाल्न पाउने र राज्यको मूल धारमा आउने वातावरण बनाइएको उनले बताए।

प्रकाशित: २४ पुष २०८२ १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast