रास्वपासँग एकता प्रक्रिया नटुंगिएको कुलमानको खुलासा

हिमाल प्रेस २४ पुष २०८२ ६:३८
18
SHARES
रास्वपासँग एकता प्रक्रिया नटुंगिएको कुलमानको खुलासा

काठमाडौँ- ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता प्रक्रिया नटुंगिएको बताएका छन्। बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएर पत्रकार सम्मेलन आयोजना गरेका घिसिङ हालसम्म आफू रास्वपाको कुनै पार्टीमा नरहेको बताएका छन्।

उज्यालो नेपालको संरक्षक रहेका घिसिङ हालै राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने सहमतिका साथ सो दलले रास्वपासँग एकता गरेको थियो।

तर, घिसिङले उक्त निर्णय कार्यान्वयन हुन बाँकी रहेको भन्दै आफू कुनै दलको सदस्य नबनेको दाबी गरे।

‘उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भए पनि उक्त समझदारी हालसम्म कार्यान्वयनमा आएको छैन। मैले अहिलेसम्म कुनै पनि राजीनितका पार्टीको सदस्यता लिएको छैन’ उनले भने।

 

प्रकाशित: २४ पुष २०८२ ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast