प्रतिनिधिसभाले आज उपसभामुख पाउँदै

हिमाल प्रेस ७ माघ २०७९ ७:११ | Saturday, January 21, 2023
प्रतिनिधिसभाले आज उपसभामुख पाउँदै

काठमाडौँ- आज प्रतिनिधिसभाको उपसभामुख चयनका लागि निर्वाचन हुँदैछ। यसका लागि दिउँसो १ बजे संसद् बैठक बस्ने छ। सोही बैठकमा उपसभामुख चयनका लागि मत विभाजन गरिने छ।

हिजो शुक्रबार उम्मेदवारी दर्ता गरिएको थियो। उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगरले उम्मेदवारी दर्ता गराएकी छन्।

नेपाली कांग्रेसका तर्फबाट मुक्ताकुमारी यादवको उम्मेदवारी परेको छ । यादवलाई उपसभामुख बनाउनुपर्ने प्रस्तावमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे प्रस्तावक छन् भने लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी समर्थक छन्।

रानामगरको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा माओवादी केन्द्रका नारायणी शर्मा, राप्रपाका राजेन्द्र लिङ्देन र एमालेका कृष्णगोपाल श्रेष्ठ छन्। कांग्रेसले यादवलाई भोट दिन आफ्ना सांसदहरूको नाममा ह्वीप जारी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले रानामगरको पक्षमा मतदान गर्न सबै सांसदहरूसित अपिल गरेको छ।

उपसभामुखमा निर्वाचित हुन तत्काल कायम रहेका सांसदको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ। सत्ता गठबन्धनसँग बहुमत भएकाले उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रानामगर निर्वाचित हुने निश्चितप्राय छ।

सभामुख र उपसभामुख एउटै पार्टीको नहुने संवैधानिक व्यवस्था छ। गत बिहीबार प्रतिनिधिसभाले एमालेका देवराज घिमिरेलाई सभामुख चुनिसकेको छ।

 

प्रकाशित: ७ माघ २०७९ ७:११ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast